दफा ५
व्यक्तिगत घटना दर्ता गर्ने
(१) दफा ४ बमोजिमको सूचना प्राप्त हुनासाथ स्थानीय पंजिकाधिकारीले देहायबमोजिम गरी त्यस्तो घटना सम्बन्धित दर्ता किताबमा दर्ता गर्नेछ :- (क) सूचना दिन आउने व्यक्तिले भरेको फाराम ठीक छ छैन जाची ठीक नभए ठीक गर्न लगाई, र (ख) सूचना गर्न आउने व्यक्ति लेखपढ गर्न नजान्ने भए निजले भने बमोजिम आफैले फाराम भरी वा भर्न लगाई निजको ल्याप्चे सहीछाप गराई ।
(२) सम्बन्ध विच्छेदको सूचना दर्ता गर्दा सो सम्बन्धमा अदालतबाट भएको निर्णय समेत हेरी दर्ता गर्नु पर्नेछ ।
“(३) दफा ४ को उपदफा (१) वा (२) मा तोकिएको अवधि नाघेपछि व्यक्तिगत घटना दर्ता गराउन आएमा स्थानीय पञ्जिकाधिकारीले पचास रुपैंया दस्तुर लिई दर्ता गर्नेछ।”
(ख) उपदफा (४) झिकिएको छ।